Logo
२४ बैशाख २०८१, सोमबार
(September 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कटल्याण्डमा थानेश्वरको एकल साँझ सम्पन्न

thaneshworबिजय डंगोल, स्कटल्याण्डको एडिनबर्ग । नेपालका ख्यातिप्राप्त गायक थानेश्वर गौतमको एकलसाँझ स्कटल्याण्डको राजधानी एडिनबर्गमा यहि 26 सेप्टेम्बर, 2016 मा भव्यताका साथ सम्पन्न भएको छ ।

दुई महिनादेखि बेलायतमा दर्जनौं कार्यक्रम सम्पन्न गरी स्कटल्याण्ड पुगेका गौतमलाई सम्मान समेत भएको छ । एकल साँझ कार्यक्रममा एडिनवर्ग र ग्लास्कोमा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाली गजल गायनमा फरक प्रभाव जमाउँदै आएका गौतम विरलै प्रतिभा मध्येमा पर्छन । नेपाली शास्त्रीय गजलदेखि नेपाली लोकसंगीत, सालैजो, रोइला, पञ्चेबाजा जस्ता गीतले दर्शकलाई भरपूर मनोरञ्जन लिए ।

‘एउटा सपुत जन्मे हुन्थ्यो, देश उठाउने’ भन्ने देशभक्तिपूर्ण गीतबाट कार्यक्रम शुरु गरेका थिए । त्यसपछि उनको चर्चित गजल ‘गाजल लगाइनछ्यौ’, ‘स्याङजा गएँ, पाल्पा गएँ’, रोइला, सालैजो फ्लिमी गीत र पञ्चेबाजामा दर्शकहरु झुमेर नाचे । गोविन्दराम कँडेलको सञ्चालनमा भएको कार्यक्रममा स्कटल्याण्ड निवासी समाजसेवी तथा व्यवसायी धनबहादुर केसी, शशी चालिसे, नविन कँडेल, बिमल बस्नेत, चेतन सापकोटा, रेशम बूढाथोकीर डिलु गैरे ले विशेष सम्मान गर्नुभएको थियो ।

आफ्नो राष्ट्रको सर्जक अनि प्रतिभावान कलाकार जो हरेक खालको गीत गाउन सक्ने अचम्मको खुबी भएको प्यारो गायक लाई यसरी सम्मान गर्न पाउँदा खुसी लागेको स्कटल्याण्डबासीले बताउनुभयो ।

एउटा देशमा लामो समयसम्म सांगीतिक कार्यक्रम गर्ने गायक गौतम विरलै मध्येमा पर्छन् र बेलायतमा निकै रुचाइयका छन । उनलाई बेलायतमा रहेका नेपालीहरुले दसैंसम्म कार्यक्रमका लागि आग्रह गरेका छन र उनी आगामी हुने बेलायतका धेरै कार्यक्रम मा अग्रिम बूक भै सकेका छन ।

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्