Logo
६ बैशाख २०८१, बिहीबार
(February 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रजातन्त्र दिवस भब्यताका साथ मनाउदै हेलिकप्टरद्धारा पुष्पवृष्टि

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,

मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका विभिन्न ब्यान्डले राष्ट्रिय गीतको धुन प्रस्तुत गरेका थिए ।

सो समारोहमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।

समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

तस्बिरमा प्रजातन्त्र दिवस : हेलिकप्टरले पुष्पवृष्टिदेखि र्चपामाससम्म

प्रकाशित मिति: Feb 19, 2024

प्रतिक्रिया दिनुहोस्