Logo
१८ बैशाख २०८१, मंगलबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हार्टफोर्ड भी आर मोटरसाइकल किन्दा छठ सम्म २५ हजार सम्म फाइदा

नेपाली बजारमा उपलब्ध हार्टफोर्डका दुई मोडलका मोटरसाइकल आगामी छठ सम्म किन्दा २५ हजार रुपैयाँ सम्म फाइदा हुने भएको छ ।

नेपाली बजारमा उपलब्ध भीआर १५०एच र भीआर २२३एच गरी दुई मोडलका मोटरसाइकल उपलब्ध छन् ।

नेपालका लागि हार्टफोर्ड मोटरसाइकलको आधिकारिक वितरक इग्निसन अटोले उपलब्ध गराएको यो स्किम अन्तर्गत सो फाइदा लिन सकिन्छ ।

यी मध्ये भीआर १५० एचको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।तर आगामी छठ सम्मका लागि कम्पनीले ४ लाख ६५ हजार रुपैयाँमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ ।

यसबाट ग्राहकले एकै पटक २५ हजार रुपैयाँ फाइदा पाउन सक्ने छन् ।त्यसैगरी भीआर २२३एचको मूल्य ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

यो मोटरसाइकल किन्ने ग्राहकका लागि सेतो कलरमा ५ हजार र कालो कलरमा २० हजार रुपैयाँ छुट प्रदान गरिएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्