Logo
१८ बैशाख २०८१, मंगलबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

र्‍यापर निकी मिनाज र उनको पतिविरुद्ध यौन दुर्व्यवहार पीडितद्वारा मुद्दा दायर

अमेरिकी र्‍यापर निकी मिनाज र उनका केनथ पेटी पतिविरुद्ध यौन दुर्व्यवहार पीडित एक महिलाले मुद्दा दायर गरेकी छन् ।

मिडिया रिपोर्टका अनुसार सन् १९९४ मा केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार बनेकी ४३ वर्षीया ती महिलाले दम्पतीमाथि बलात्कार प्रयासको आरोप फिर्ता लिन दबाब दिएको आरोप लगाएकी छन् ।

ती युवतीलाई किशोरावस्थामा बलात्कारको प्रयास गरेको स्वीकार गरेपछि पेटीले साढे चार वर्ष जेलमा बिताएका थिए । गत वर्ष ‘यौन उत्पीडक’ मा दर्ता नभएको भन्दै उनी पुनः पक्राउ परेका थिए ।

अमेरिकाको न्युयोर्कस्थित अदालतमा दायर गरिएको रिट निवेदनमा मिनाजले एक सहजकर्तामार्फत पेटीविरुद्धको आरोप फिर्ता लिनका लागि ५ लाख अमेरिकी डलर अफर गरेको ती महिलाले आरोप लगाएकी छन् ।

सन् २०२० मा पेटी पक्राउ परेपछि ती सहजकर्ताले र्‍यापरलाई उनको नम्बर दिएको र मिनाजले त्यसपछि उनलाई फोन गरेर उनी र उनको परिवारलाई लस एन्जलिस लैजाने र सहयोग गर्ने अफर प्रस्ताव गरेकी थिइन् ।

रिट निवेदनमा ती महिलाले मिनाजको अफर अस्वीकार गरेको बताएकी छन् ।मिनाज र पेटीले सन् २०१८ मा डेट गर्न सुरु गरेका थिए । एक वर्षपछि उनीहरूले विवाह गरेका थिए । उनीहरूको ११ महिनाको छोरा रहेको छ ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्