Logo
२३ बैशाख २०८१, आईतबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द भ्वाइस अफ नेपाल ३ को उपाधिबाट आएको रकम एम्बुलेन्स किन्न सहयोग गर्ने किरणको घोषणा

रियालिटि शो भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरण गजमेर बनेका छन् ।

शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी जिएका हुन् ।

उपाधीसँगै गजमेरले २५ लाख रुपैयाँ जितेका छन् । उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन-२ राम लिम्बू विजेता बनेका थिए ।किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए।

यो रियालिटी शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो।यस्तै किरणले आफुले प्राप्त गरेको २५ लाख रकमले शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।

उनले एक हजार रुपैयाँ मात्र आफूले लैजाने र बाँकी २४ लाख ९९ हजार नेपालकै पूर्वमा एउटा र पश्चिममा एउटा गरि दुईवटा एम्बुलेम्स किनेर दिने घोषणा गरेका हुन् ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।

उनले भने, ‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु।

यस्तै किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने, ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधिको छिनोफानो भएको हो ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्