Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरुद्ध इन्टरनेटको साँढे ६ घण्टा

सागर नाथ उपाध्याय

गत बिहीवार चार बजे देखी देशभर एकाएक ईन्टरनेट सेवा अबरुद्ध भयो र लगभग साँढे छ घण्टा पश्चात ईन्टरनेट सेवा सुचारु भयो ।

एक्कासी सेवा बन्द हुँदा आमजनतालाई सहज त पक्कै भएन असहजता माझमा ईन्टरनेट किन बन्द भयो भन्ने बिषय निकै पेचिलो बनेको पाइयो ।

अनेक प्रकारका अड्कलबाजीसँगै सेवा प्रदायक लगायत सरकारलाई गाली गलौच पनि प्रशस्त सुनिए देखिए ।

हुन पनि आजको युगमा सिमित समय ईन्टरनेट नहुँदा त गाह्रो हुने बेलामा छ/छ घण्टा, कार्यालय समयमा र त्यस्मा पनि  सूचना तथा संचार प्रविधि दिवसको दिन ईन्टरनेट सेवा बन्द हुनुलाई सामान्य कुरा भन्न पटक्कै मिल्दैन ।

जनमानसले अचानक सेवा अबरुद्ध भएको भन्ने बुझे पनि यो बिषय बिगत एक बर्ष देखी सेवा प्रदायक (निजी क्षेत्र), नेपाल दुरसंचार प्राधिकरण र संचार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल सरकार) बिचको लडाईं हो ।

यस बिषयलाई माथी उल्लेखित संस्था तथा अन्य सरोकारवाला (आबश्यक परेको खण्डमा) मिलेर चाडै समाधान गर्नुको विकल्प देखिदैन ।

ईन्टरनेट सेवा प्रदायकले किन पैसा तिरेनन्, एक बर्ष देखी समस्या समाधान किन भएन भन्ने अलग बहसको बिषय होला तर फेरी पनि ईन्टरनेट सेवा बन्द हुन नदिन, निजी क्षेत्रलाई व्यवसाय गर्न प्रेरित गर्न के गर्न सकिन्छ भन्ने बिषयमा नियमनकारी निकाय र नेपाल सरकारले तुरन्त र गतिलो कदम चल्नु पर्ने देखिन्छ।

ईन्टरनेट सेवा प्रदायक र ISPAN ले पटक पटक पत्रकार सम्मेलन गरी गुनासो गर्दा समेत सेवा प्रदायकको अभिभावकत्व गर्ने नेपाल दुरसंचार प्राधिकरणले यस बिषयलाई समाधान गर्न नसक्नुले यो बिषय सच्चिकै गहन छ भन्ने बुझाउँछ ।

सरकारले आयोजना गरेको लगानी सम्मेलनको तेस्रो दिन देशभर ईन्टरनेट सेवा अबरुद्ध हुनु एउटा सम्योग मात्र होला तर यो सम्योगले संचार क्षेत्रमा लगानी गर्न इच्छुक देशी तथा विदेशी लगानीकर्तालाई दुइपटक सोच्न पक्कै बाध्य बनाउछ ।

तसर्थ ईन्टरनेट सेवा प्रदायक, नेपाल दुरसंचार प्राधिकरण र संचार तथा सूचना प्रविधि मन्त्रालयले आ-आफ्नो हठलाई पाखा लगाइ समस्याको तुरन्त समाधान खोज्नु आवश्यक छ ।

यो विवाद लम्बिएर फेरी पनि अत्यावश्यक सेवाको रुपमा रहेको ईन्टरनेट सेवा अबरुद्ध भएमा चाहे त्यो सरकार होस् वा निजि क्षेत्र जनातले सही समयमा सही मुल्याङ्कन गर्नेछन् जस्को पारिणम कसैलाई पनि सहज नहुन सक्छ ।

प्रकाशित मिति: May 5, 2024

प्रतिक्रिया दिनुहोस्