Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिङ्देनको दाबी : चुनावी गठबन्धन र सत्ता समीकरण पनि विदेशीको दबाबमा हुन थाल्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्‍देनले चुनावी गठबन्धन र सत्ता समीकरणमा विदेशी हस्तक्षेप हुने गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति लक्षित गर्दै लिङ्देनले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको पनि आरोप लगाए।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंमा आइतबार गरेको भेलामा बोल्दै उनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको बताए।

‘कुन-कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ भन्ने विदेशीहरुले तय गर्न थाले, अहिले त्यही कुरा भइराखेको छ,’ लिङ्देनले भने, ‘विदेशीहरुको दबाब र प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ, उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ।’

अध्यक्ष लिङ्देनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए।

प्रकाशित मिति: May 5, 2024

प्रतिक्रिया दिनुहोस्