Logo
१८ बैशाख २०८१, मंगलबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजाजले नयाँ दुई इलेक्ट्रिक बाइक फ्लुअर र फ्लुइर ल्याउदैँ

symbolic picture

अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक भेइकलको माग बढिरहेको छ । इलेक्ट्रिक बाइकको मागलाई ध्यानमा राख्दै बजाजले इलेक्ट्रिक पोर्टफोलियो विस्तार गर्ने योजना बनाइरहेको छ ।

कम्पनीले हाले बजाज पल्सर र चेतक सहित कैयौ लोकप्र्रिय बाइक बिक्री गरिरहेको छ । हाल कम्पनीले दुई नयाँ नाम फ्लुअर  (Fluor)  र फ्लुइर (Fluir) रजिस्टर गराएको छ ।

रिपोर्टका अनुसार यो बजाजको आउन लागेका इलेक्ट्रिक बाइकको नाम हुने सम्भावना रहेको छ ।बजाजले ट्रेडमार्क गराएका फ्लुइर एक स्पेनिश शब्द हो । जसको अर्थ स्ट्रिमरफ्लो हो ।

फ्लुअरको अर्थ स्त्राव हो । कम्पनीले परम्परागत आईसी इन्जिन भएका बाइकहरूको लागि त्यस्ता नामहरू प्रयोग गरेको छैन ।

किनभने कम्पनीसँग पहिले नै पाँचवटा सब-ब्रान्डहरू रहेको छ जसले बाइकहरु बिक्री गर्छ । कम्पनीले गत वर्ष भारतीय बजारमा इलेक्ट्रिक स्कुटर बजाज चेतक लन्च गरेको थियो ।

बजाज अटोले भारतीय बजारमा पल्सर रेन्जको ड्यागर एज एडिसन लन्च गरेको थियो । बजाज पल्सर लाइनअपमा पल्सर १५०, पल्सर १८० र पल्सर २२० एफ जस्ता मोडल समावेश रहेको छ ।

नयाँ ड्यागर एज एडिसन पल्सर बाइक निकै आकर्षक लुकको साथमा पेश गरिएको छ । कम्पनीले यसमा नयाँ ग्राफिक्स समावेश गरेको छ । साथै नयाँ रङमा उपलब्ध हुनेछ । नेपालअटो

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्