Logo
२३ बैशाख २०८१, आईतबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता इरफानले पाए सम्मान, अवार्ड शोमा छोरा बाबिल रोए क्वाँक्वाँ

बलिउडका दिग्गज अभिनेता इरफान खान खानलाई फिल्मफेयरले ठूलै ट्रिब्यूट दिएको छ । उनलाई विशेष अवार्डबाट सम्मानित गरियो । ती अभिनेताका छोरा बाबिलले उक्त अवार्ड स्वीकार गरेका छन् ।

यो संसारबाट बिदा भएको महिनौं बितिसकेको छ तर त्यो घाउ अहिले पनि ताजा नै छ । आज पनि यी महान् कलाकारलाई याद गरिन्छ, उनलाई सम्मान दिइन्छ ।

सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ जहाँ बाबिल क्वाँक्वाँ रोइरहेका छन् । उनको आँखाबाट बलिद्र धारा आँसु आइरहेको थियो ।

जब स्टेजमा प्रस्तोताले भूमिका निभाइरहेका राजकुमार राव र आयुष्मान खुराना, इरफानका लागि सुन्दर शब्दको प्रयोग गरेर भारतीय सिनेमामा उनको योगदानको बखान गर्छन् तब बाबिल निकै भावुक देखिए ।

इरफान खानको कुरा गर्ने हो भने उनको अघिल्लो वर्ष २९ अप्रिलमा क्यान्सरका कारण निधन भएको थियो । अभिनेता लामो समयदेखि बिरामी थिए र उनको उपचार पनि जारी थियो ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्