Logo
१७ बैशाख २०८१, सोमबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्त आत्महत्या प्रकरणकी मुख्य आरोपी रिया चक्रवर्ती पक्राउ पर्न तयार

बलिउड अभिनेता सुशान्त आत्महत्याको पनि लामोसमय भइसकेको छ । तर अझै पनि विभिन्न दृष्टिकोणबाट अनुसनधान चलिरहेको छ ।

अहिले उनकी प्रेमीका साथै उनको परिवारमाथी अनुसन्धान चलिरहेको छ । त्यहि अनुसन्धानमा लागुऔषधसँग जोडिएको एक तथ्यकुरा भाहिर आएको  विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उनीमाथि लागुऔषध नियन्त्रण ब्युरोले मुम्बईस्थित निवासमै भेटेको र थप बयानका ला१गि उपस्थित हुन भनेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सुशांत सिंह राजपूत मुद्दा सम्बन्धी लागू पदार्थको छानबीन गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरोको टोलीले रिया चक्रवर्तीलाई सोधपुछ गरिरहेको छ।

एनसीबीका अधिकारीहरूले आज बिहान रिया चक्रवर्तीलाई बोलाएर कार्यालयमा बोलाए सोधपुछ गरिरहेको छ।

सुशान्तको आत्महत्या प्रकरणकी मुख्य आरोपी नायिका रिया चक्रवर्ती पक्राउका लागि तयार भएकी छिन् । उनका वकिलले उनी पक्राउका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् ।

रियाका वकिल शतिश मनेसिन्धेले कुनैपनि बेला पक्राउ पर्न तयार भएको जानकारी दिएका हुन् ।

सुशान्त आत्महत्या प्रकरणले नयाँ मोड लिइरहँदा रिया चक्रवर्तीमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । तर, रियाले आफू निर्दोष भएको दाबी गर्दै आएकी छिन् ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्