Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, दमनले घटाए मतान्तर

 बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका छन् । तर, एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन् ।

पछिल्लो परिणाम अनुसार सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर ८३  मात्रै छ ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले २१८ मत ल्याएका छन् ।

यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्