Logo
१२ श्रावण २०८१, शनिबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहाडमा टाकुरा पर्यटन विकास गर्ने सरकारको घोषणा

१ जेठ, काठमाडौं । सरकारले तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टाकुरा पर्यटन विकास गर्ने घोषणा गरेका हुन् ।

‘पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरिनेछ । पर्यटकीय सम्भावना बोकेका पहाडी भू–भागमा स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीन तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै हिमाली क्षेत्रको पूर्वपश्चिम पदमार्ग ग्रेट हिमालयन ट्रेलको पूर्वाधार निर्माणलाई तिब्रता दिने पनि उल्लेख गरिएको छ ।

सरकारले हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गर्ने र चलचित्र पर्यटन प्रवर्द्धन गर्ने नीति पनि लिएको छ ।

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्