Logo
१२ श्रावण २०८१, शनिबार
(May 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटकीय गन्तव्य प्रोफाइल बनाइने

१ जेठ, काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने समेत बताए ।

यस वर्ष गन्तव्य पहिचान, प्रवद्र्धन र विकास गर्ने बताए । पर्यटन पूर्वाधार निर्माण तीव्रता दिने समेत उनले बताए । हलिउड तथा बलिउड चलचित्र निर्मातालाई नेपालमा छायांकन गर्न आकर्षण गर्ने उनले बताए ।

हवाई नीति र कानुनमा समसामयिक सुधार गर्दै अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्णसञ्चालनमा ल्याइने समेत उनले बताए । पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न विशेष प्रोत्साहन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: May 14, 2024

प्रतिक्रिया दिनुहोस्