Logo
२५ बैशाख २०८१, मंगलबार
(December 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ एशिया कप : फाइनलमा आज युएई र बंगलादेशको भिडन्त

जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा आज आयोजक युएई र बंगलादेशबीच भिडन्त हुदै छ ।

यो खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदै छ ।

शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने अर्को सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले परजित गरेको थियो ।

सेमिफाइनलमा यस प्रतियोगिताको उपाधिका दाबेदार भारत र पाकिस्तानलाई युएई र बंगलादेशले सरप्राइज दिदै बाहिरको बाटो देखाएका थिए ।

८ देशले भाग लिएको यू-१९ एशिया कपमा समुह ए मा पाकिस्तान र भारतका अलावा नेपाल र अफगानिस्तान रहेका थिए । अफगानिस्तानले आफ्ना ३ खेलमा एक जित हासिल गरेर समुहमा तेस्रो हुदै बाहिरिएको थियो भने नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

त्यस्तै समुह बि मा बंगलादेश र युएईका अलावा श्रीलंका र जापान रहेका थिए । श्रीलंकाले ३ मध्ये एक खेलमा मात्र जित हासिल गरेर तेस्रो हुदै बाहिरिएको थियो भने जापानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो ।

प्रकाशित मिति: Dec 17, 2023

प्रतिक्रिया दिनुहोस्