Logo
१७ बैशाख २०८१, सोमबार
(November 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत आपुर्ति बन्द हुँदै

काठमाडौँ। भोली मंसिर १४ गते काठमाडौँका विभिन्न स्थानमा बिद्युत आपुर्ति बन्द हुने भएको छ। भोली बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी क्षेत्र, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, आवास र जनसेवा मार्गमा विद्युत आपुर्ति बन्द हुने भएको हो।

त्यस्तै काराखुशी, साल्ट ट्रेडिङ, सीता प्रेट्रोलपम्प, टंकेश्वर, महेन्द्ररत्न क्यापस, चागल र कलश अपार्टमेन्टमा पनि बिद्युत आपुर्ति बन्द हुने छ।

प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि सम्बन्धित क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागिएको हो।

टेकू सबस्टेसनमा दोस्रो १ थान १३२–११ के.भी., ४५ एम.भी.ए. ट्रान्सफर्मर चार्ज गर्न फाउन्डेसन निर्माण कार्य भइरहेको छ। सो स्थानमा रहेको ११ के.भी. हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपर्ने भएको हो।

प्रकाशित मिति: Nov 29, 2023

प्रतिक्रिया दिनुहोस्