Logo
२२ बैशाख २०८१, शनिबार
(April 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमन्त्री यादव जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाँदै

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् ।

जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले जानकारी दिए ।

मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह-सचिव रहनेछन् ।

‘सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुनेछ । ३ मे सम्म कार्यक्रम नै छ । त्यसपछि मात्रै फर्किने कार्यतालिका छ,’ डा. दासले  भने ।

दोस्रो पटक स्वास्थ्य मन्त्रालय सम्हालेपछि मन्त्री यादवको यो पहिलो विदेश भ्रमण हो । यसअघि २०७५/७६ मा पनि स्वास्थ्य मन्त्रालय सम्हाल्दा मन्त्री यादव वैदेशिक भ्रमणमा निकै व्यस्त रहेका थिए । त्यो बेला डेढ वर्षको अवधिमा उनले डेढ दर्जन बढी वैदेशिक भ्रमण गरेका थिए ।

प्रकाशित मिति: Apr 23, 2024

प्रतिक्रिया दिनुहोस्