Logo
२ जेष्ठ २०८१, बुधबार
(July 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुरान जलाएको विरोधमा इराकस्थित स्विडेनको दूतावासमा आगजनी

इराकको राजधानी बग्दादमा रहेको स्विडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौँ प्रदर्शनकारीले स्विडेनको दूतावासमा आगजनी गरेका छन् ।

घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौँ प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्विडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समय पछि आगजनी पनि गरेका थिए । तर, दूतावासका कुनै पनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ । बग्दादमा स्विडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन्।

स्विडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दूतावासमा आगजनी गरेका हुन् । केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् । यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बग्दादमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ।

प्रकाशित मिति: Jul 20, 2023

प्रतिक्रिया दिनुहोस्