Logo
२६ बैशाख २०८१, बुधबार
(February 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टर्की भूकम्प अपडेट : हालसम्म ३ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते

टर्की र सिरियाको भूकम्पबाट मृत्यु हुनेको संख्या हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भूकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ ।

टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

प्रकाशित मिति: Feb 7, 2023

प्रतिक्रिया दिनुहोस्