Logo
१२ श्रावण २०८१, शनिबार
(May 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपाको चुनावी रणनीति बुझ्न नेपालका नेताहरु दिल्लीमा

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन् ।

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरु नयाँदिल्ली गएका हुन् । कांग्रेसका उदयशम्शेर राणा, एमालेका विष्णु रिमाल, माओवादी केन्द्रका मातृका यादव, रास्वपाका शिशिर खनाल दिल्ली गएका छन् ।

१ मेदेखि सुरु हुने कार्यक्रमका लागि भाजपाले नेपालसहित १० देशका १८ राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो । अष्ट्रेलिया, भियतनाम, बंगलादेश, इजरायल, युगाण्डा, तान्जानिया, रुस, श्रीलंका र मोरिससका राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो ।

उनीहरुले १ मेमा भाजपाका अध्यक्ष जेपी नड्डासँग भाजपाको केन्द्रीय कार्यालयमा भेटवार्ता गरेका छन् । उनीहरुले भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मिनिष्टर अश्विनी वैष्णवलाई भेटेर चुनावी रणनीति र समग्री चुनावी परिक्रियाबारे छलफल गर्ने छन् ।

भाजपाको विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले पठाएको निम्तो पत्रमा भाजपाको ४३ औं स्थापना दिवसको अवसरमा ‘भाजपा बुझौं’ कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको उल्लेख छ ।

प्रकाशित मिति: May 2, 2024

प्रतिक्रिया दिनुहोस्