Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‌मा पराराष्ट्रमन्त्री श्रेष्ठ : चीन पराम्परागत १४ नाका खोल्न सहमत भयो

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सिमा नाका खोल्न चीन सहमत रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चैत ११ गतेदेखि १९ गतेसम्म भएको चीन भ्रमण सफल भएको बताएका छन् ।

उनले चीनसँग दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउँने आर्थिक विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गरेको र आर्थिक कुटनीतिलाई ध्यानमा राखेर छलफल गरेको जानकारी गराए । आर्थिक सहयोगात्मक सम्बन्धलाई केन्द्रमा राखेर छलफल गरेको उल्लेख गरे । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुसँग छलफल गरेको बताउँदै मन्त्री श्रेष्ठले नेपाल चीन विविध आयामबारे चिनियाँ नेताहरुसँग छलफल गरेको बताउँदै द्धिपक्षीय हितका विषयमा गहन छलफल भएको उल्लेख गरे ।

रसुवागढी नाका, तातोपानी नाका, कोराला नाका यसअघि नै सञ्चालनमा आएका र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए  । यसबाट चीनको सिमानजिक बस्ने नेपालीहरुको दैनिक जीवन तथा व्यापार व्यावसाय सहज हुने अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री चीन भ्रमणमा गएका बेलापनि क्रमश सिमानाका क्रमश खोल्दै जाने सहमति भएको श्रेष्ठले बताए । ती नाका नखुलेको सन्र्दभमा गंभीर छलफल गरेर खुल्न नसकेका १४ वटा नाका सहमति भएको र तत्काल ब्यवहारमा देखिनेमा आफू विश्वस्त रहेको बताए ।

मन्त्री श्रेष्ठले भने– ‘नेपाल चीनबिच विद्यमान मैत्री सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल चीन बीचमा परराष्ट्रमन्त्री स्तरमा एउटा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ । यस्तै मन्त्रीस्तरको यस्तो आयोग भारतसँग पनि रहेको छ । बिआरआई परियोजनालाई अन्तिम रुप दिनेबारे छलफल भएको छ ।’

मन्त्री श्रेष्ठले सन् २०१६ देखि नेपाल भ्रमणमा आउने चिनयाँ पर्यटकलाई भिसा निःशूल्क गरेको र चीन भ्रमणमा जान चाहने नेपालीलाई पनि भिषा निःशूल्क गर्न माग गरेको उल्लेख गरे । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । साथै चीनले नेपाललाई आगामी दिनमा गुणात्मक सहयोग गर्न प्रतिवद्धता जनाएको बताए ।

प्रकाशित मिति: Apr 3, 2024

प्रतिक्रिया दिनुहोस्