Logo
२ जेष्ठ २०८१, बुधबार
(June 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनले अन्तर कर्मचारी फुटसल खेलको आयोजना गरी तीनै तहका कर्मचारीहरुलाई आम्नेसाम्ने हुने वतावरण मिलाएको हो ।

यही २१ जेठमा बेसीशहरस्थित फुटसलमा कार्यक्रमको आयोजना गरी तीनै तहका कर्मचारीहरुप्रति मैत्रिपूर्ण भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनका कार्यक्रम संयोजक अच्यूत न्यौपानेले बताए ।

प्रतियोगिताको विजेताले खसी मेडल, कप र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुनेले बोका मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजारको साथमा प्रमाणपत्र र सर्वाधिक गोलकर्तालाई नगद एक हजारका साथ प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुशासित टिमलाई नगद ३ हजारका साथमा सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jun 3, 2022

प्रतिक्रिया दिनुहोस्