Logo
२ जेष्ठ २०८१, बुधबार
(June 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामना सम्मिलित माल्दिभ्स पुलिसको तेस्रो जित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले भलिबल एसोसियसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार राति माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा पुलिसले क्लब हाफलाइन लिंकेजमाथि २५-८, २५-३, २५-५ को सोझो सेटमा जित निकाल्यो ।

टिमको जितमा महत्वपूर्ण भूमिका खेलेकी कामना खेलको ‘क्वीन अफ दी म्याच’ चुनिइन् । कामनाको टिम माल्दिभ्स पुलिसले अब शनिबार भलिबल युथ न्यु जेनेरेसनसँग खेल्ने तालिका छ ।

 

प्रकाशित मिति: Jun 1, 2022

प्रतिक्रिया दिनुहोस्