Logo
२६ बैशाख २०८१, बुधबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणेशको पूजा गरेर सुरु हुनेछ आलिया-रणबीरको विवाहका कार्यक्रम

पछिल्लो समयमा भारतीय बजारमा रणबीर कुपर र आलिया भट्टको विवाको चर्चा चलिरहेको छ । उनीहरुको विवाहबारे नयाँ जानकरी प्राप्त भएको छ ।

यो जोडीले अप्रिल १३ अर्थात् आज बिहान ११ बजे गणेश पूरा राखेका छन् । त्यसपछि विवाहका कार्यक्रमको सुरुवात हुनेछ । त्यसपछि दिउँसो साढे १ बजेपछि मेहन्दी कार्यक्रम राखिएको छ ।

यी दुई अप्रिल १४ अर्थात् भोलि विवाह बन्धनमा बाँधिने बताइएको थियो तर यी दुईको १५ अप्रिलमा विवाह हुन लागेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

अहिलेसम्म पनि विवाहको मिति निश्चित भइसकेको छैन । आलिया भट्टका सौतेनी भाइ राहुल भट्टले विवाह त हुन लागेको तर मिडियाको उपस्थितिका कारण विवाहको मिति सारिएको र विवाह स्थल पनि फेरिएको जानकारी दिए ।

यस्तै, आलिया भट्टका काका रबिन भट्टले विवाहका कार्यक्रम तीनदेखि चारदिनसम्म चल्ने जानकारी दिए । विवाहबारे कुनै पनि जानकारी दिन अस्विकार गरिएको छ ।

मंगलबार बेलुका रणबीर कपुरकी बहिनी रिद्धिमा कपुर साहणी पनि आफ्ना श्रीमान् र छोरी समारासँग मुम्बई पुगिन् । जब पापाराजीले उनीहरुलाई विवाहबारे प्रश्न सोधे तब उनीहरुले यता उती हेरे, केही पनि स्पष्ट रुपमा जानकारी दिएनन् ।

 

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्