Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्वीरमा सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

२६ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको सुरूङ ब्रेक थ्रु गरेका हुन् ।

यो आयोजनाले सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पुर्‍याउने छ ।

आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिंचाइ सुविधा पुर्‍याउने छ ।

प्रकाशित मिति: May 8, 2024

प्रतिक्रिया दिनुहोस्