Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका कांग्रेस सांसदसँग देउवाले भने– अदालत र निर्वाचन आयोगका क्रियाकलाप नियालिरहेको छु

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

गण्डकी प्रदेश सभाका कांग्रेस सांसदहरुसँग कुरा गर्दै देउवाले अदालत र आयोगका गतिविधिलाई पार्टीले नजिकबाट हेरिरहेको बताएका हुन् । गण्डकी प्रदेश सभामा भइरहेका घटनाक्रमबारे जानकारी गराउन देउवाकहाँ पुगेको प्रदेश सांसदको टोली बिहान बुढानीलकण्ठ पुगेको थियो ।

सभापति देउवाको बोली उधृत गर्दै प्रदेश सांसद डिल्लीराम सुवेदीले भने, ‘कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा छन् । तपाईंहरु कुरा बुझ्नुस् । सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । लड्न तयार हुनुस् ।’ गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरुले सभापतिसँग कुरा राखेका थिए ।

सभामुख सहितको विश्वासको मतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई बहुमत पुगेको सभामुख कृष्ण धितालले घोषणा गरेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । न्यायीक लडाइका लागि सर्वोच्चमा गएको र राजनीतिक मोर्चाबाट पनि खबरदारी गर्नुपर्ने अवस्था रहेको आफूहरुले सभापतिलाई सुनाएको सुवेदीले बताए ।

सभापति देउवाले सहकारी प्रकरणको विषयमा पनि कुरा राखेका थिए । शीर्ष तहका हिजो भएको छलफलमा आफूले राखेका धारणा प्रदेश सांसदलाई देउवाले सुनाएका थिए । ‘संसद प्रतिपक्षको हो, हामीले छोडिन्न । मैले हिजो पनि ओलीलाई भनेँ,’ देउवाको भनाइ उधृत गर्दै सुवेदीले भने, ‘सहकारीमा ज्यान गए छोडिन्न । कहाँ छोड्छु म !’

प्रकाशित मिति: May 8, 2024

प्रतिक्रिया दिनुहोस्