Logo
२३ बैशाख २०८१, आईतबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थ मल्होत्रा ‘क्रिटिक्स बेष्ट एक्टर’ अवार्डबाट सम्मानित

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ‘क्रिटिक्स बेष्ट एक्टर’ अवार्डबाट सम्मानित भएका छन् । आइतबार उनले शो अवार्ड लिएका हुन् । सिद्धार्थलाई ‘शेरशाह’का लागि यो अवार्ड दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभलको नामबाट दिइएको हो ।

यो अवार्ड उनलाई ओटीटीबाट रिलिज भएको फिल्म ‘शेरशाह’ ले दिलाएको हो । फिल्ममा उनले कारगिलमा पाकिस्तानी सेनासँगको लडाईंमा शहिद भएका भारतीय सेनका क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए ।

धर्मा प्रोडक्सनको यो फिल्म सिद्धार्थ मल्होत्राको करियरको ठूलै उपलब्धि मानिएको छ ।फिल्मका निर्देशन विष्णुवर्धनले गरेका हुन् । विष्णुवर्धनको हिन्दी फिल्म निर्देशन यो डेब्यु हो ।

फिल्ममा कियारा आडवाडीले विक्रम बत्राकी श्रीमती डिंपल चीमाको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्