Logo
२३ बैशाख २०८१, आईतबार
(February 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता फरहान र शिवानी बाँधिए विवाह बन्धनमा !

भारतीय अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् । उनीहरु दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।

रिपोर्टका अनुसार विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए ।

शुक्रबार राति जोडीको संगीत समारोह थियो । फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि दुवैले सन् २०१८ मा आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए ।

फरहानको शिबानीसँग दोस्रो विवाह हो । यसअघि उनले हेयर स्टाइलिस्ट अधुनासँग विवाह गरेका थिए । उनको दुई जना छोरी पनि छन् ।

प्रकाशित मिति: Feb 20, 2022

प्रतिक्रिया दिनुहोस्