Logo
२३ बैशाख २०८१, आईतबार
(February 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता शाहिदको ‘जर्सी’ फिल्म र ‘केजीएफ २’ भिड्दै

भारतमा कोरोना कम भएसँगै विस्तारै भारतीय सिने क्षेत्रमा पनि केही राहात मिल्ने देखिएको छ । भारतीय चर्चित  अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ र फिल्म ‘केजीएफ २’ सँग भिड्ने भएको छ ।

‘जर्सी’ ले रिलिज मिति १४ अप्रिल घोषणा गरेसँगै यी दुबै भिड्ने पक्का भएको हो । फिल्म रिलिजको जानकारी अभिनेता शाहीले सामाजिक सञ्जाल मार्फत गराएका छन् । शाहिदले लेखका छन्, ‘यो घोषणा गर्दा निकै खुसी लागेको छ । हाम्रो प्रिय फिल्म ‘जर्सी’ १४ अप्रिल २०२२ मा हुँदैछ ।’

यसअगाडि साउथको फिल्म ‘केजीएफ २’ ले १४ अप्रिल आफ्नो प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको थियो । यो फिल्मको प्रतिक्षा समेत दर्शक लामो समयदेखि गरिरहेको छन् । ‘जर्सी’ यस अगाडि गत ३१ डिसेम्बर रिलिज हुने तयारीमा थियो ।

तर कोरोना भाइरसको तेस्रो लहरका कारण फिल्म रिलिज हुन सकेन ।‘जर्सी’ तेलुगूको सुपरहिट फिल्मको हिन्दी रिमेक हो । फिल्म ३६ बर्षको एक युवकको कथामा आधारित छ ।

जसको ६ बर्षको छोरा छन् । तर पनि क्रिकेट खेल सुरु गर्छन् । किनभने उनलाई त्यही मात्र आउँछ । फिल्म राष्ट्रिय अवार्ड विजेता निर्देशक गौतमले गरेका हुन् ।

प्रकाशित मिति: Feb 18, 2022

प्रतिक्रिया दिनुहोस्