Logo
२३ बैशाख २०८१, आईतबार
(February 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन दिए अल्लू अर्जुनलाई ज्योतिषले पूजा र हवन गर्न सुझाव ?

पछिल्लो समयमा दक्षिण भारतीय अभिनेत्री अल्लू अर्जुन अहिले चर्चामा रहेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ ।

फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् ।यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् ।

अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन् ।किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन् ।

ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेका छन् ।खासगरी करियरको हिसाबले उनी उच्च स्थानमा छन् । करियरलाई राम्रो बनाउन ज्योतिषले अभिनेतालाई विशेष पूजा र हवन गर्न सुझाव दिएका छन् ।

यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ ।यहीकारण अल्लू अर्जुन आफ्नो परिवारका साथ फार्महाउसमा पूजा गर्दैछन् । त्यसपछि उनी फिल्म ‘पुष्पा २’ को तयारीमा लाग्नेछन् ।

प्रकाशित मिति: Feb 13, 2022

प्रतिक्रिया दिनुहोस्