Logo
१७ बैशाख २०८१, सोमबार
(February 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्यालेन्टाइन डे अवसरमा टीभीएसले ल्यायो स्कुटर किन्दा ‘कनेक्ट टु लभ’ योजना, यस्तो छ फाइदा !

जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ ।

स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीको भनाइ छ ।यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँ सम्मको स्योरसट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् ।

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

प्रकाशित मिति: Feb 11, 2022

प्रतिक्रिया दिनुहोस्