Logo
२३ बैशाख २०८१, आईतबार
(February 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आखिर किन लता मंगेशकरलाई अन्तिम विदाईमा गएका थिएनन् धर्मेन्द्र ? यस्तो छ वास्तविकता !

भारतीय संगित क्षेत्रकी एक दिग्गज गायिका लता मंगेशकरको यही माग २३ गते आइतबार निधन भएको थियो । उनको निधनले थुप्रै सेलिब्रिटीलाई गहिरो झट्का दिएको छ ।

भारतीय सरकारले त उनको मृत्युमा दुई दिन शोक विदा दिएको थियो । उनलाई अन्तिम विदाइका लागि प्रधानमन्त्री नरेन्द्र मोदी सहित थुपै उच्च ओदाका नेताहरु साथै थुप्रै सेलिब्रिटीहरु घाटमा पुगेका थिए । उनको निधनले बास्तवमा भारतीय जनतामा मात्र नभइ नेपाली जनताले दुख मानेका थिए ।

लताको निधनले थुप्रै सेलिब्रिटीलाई गहिरो झट्का दिएको छ । तिनैमध्ये एक हुन् बलिउड अभिनेता धर्मेन्द्र । लता मंगेशकरसँग विशेष सम्बन्ध राख्ने धमेन्द्र उनको अन्तिम संस्कारमा देखिएका थिएनन् ।

जबकी उनी लता मंगेशकरलाई अन्तिम विदाई दिनका लागि तीनपटक तयार भएका थिए तर उनी जान सकेनन् । आखिर किन धर्मेन्द्रले लतालाई अन्तिम श्रद्धाञ्जली दिन छुटाए ?

टाइम्स अफ इन्डियासँगको कुराकानीमा धर्मेन्द्रले यसबारे जानकारी दिएका छन् । उनका अनुसार लता मंगेशकरको निधनको खबर सुनेपछि उनको स्वास्थ्य स्थिति बिग्रिएको छ । उनी लतालाई त्यस्ता अवस्थामा देख्न नचाहेको पनि उनले बताए ।

धर्मेन्द्रले भने, ‘म असाध्यै असहज र तनावमा थिएँ । म लता दिदीको अन्तिम संस्कारमा जानका लागि एकपटक होइन तीन पटक तयार भएको थिएँ । तर हरेक पटक मेरा पाइला अगाडि बढ्न सकेनन् ।’

धर्मेन्द्र थप्छन्, ‘लता दिदीले हामीलाई यसरी छोडेर गएको म हेर्न चाहन्नथेँ । म उनको निधनको खबर सुनेपछि ठिक महसुस गरिरहेको थिइनँ ।’

लता मंगेशकरको निधन भएको दिन धर्मेन्द्रले उनीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए । तस्बिरसँगै उनले लेखेका थिए, ‘संसारै दुःखी छ । तपाईंले हामीलाई छोड्नुभयो भनेर विश्वास नै लागिरहेको छैन । हामी तपाईंलाई सधैँ मिस गरिरहनेछौँ लता जी । तपाईंको आत्माले शान्ति पाओस् भनेर प्रार्थना गर्दछु ।’

 

प्रकाशित मिति: Feb 11, 2022

प्रतिक्रिया दिनुहोस्