Logo
१७ बैशाख २०८१, सोमबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबईमा विश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्बजनिक, जसको मूल्य ४२ करोड २७ लाख माथी !

दुबईमा बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक भएको छ । बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा हालसालै बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक भएको हो ।

बिश्वको सबैभन्दा तिब्र गतिमा गुड्ने सुपर कार लाइकन हाइपरस्पोर्टलाई दुबई कर्पोरेशन अफ एम्बुलेन्स सर्भिसले प्रयोग गर्ने जनाइएको छ ।

यो सुपर कारलाई सन् २०२० मा आयोजना गरिएको दुबई अटो एक्सपोमा सार्बजनिक गरिएको थियो ।बिश्वमा हालसम्म जम्मा ७ युनिटमात्र उपलब्ध रहेको यो कारको एक युनिटलाई दुवई प्रहरीले यसअघि नै प्रयोगमा ल्याइसकेको छ ।

जसको मूल्य १३ मिलियन दुबई दिराम अर्थात नेपाली रुपैयाँ ४२ करोड २७ लाख ६० हजार पर्छ ।

३.७ लिटर ट्विन टर्बो इन्जिन जडान गरिएको यो कारले २.८ सेकेन्डमै एकसय किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने बताइएको छ ।

यो सुपर कारमा हिरा जडित हेडलाइट, गोल्ड प्लेटेड हेडलाइनर र गोल्ड स्टिच्ड लेदर सिट जस्ता बिलासी फिचर्स दिइएको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्