Logo
१७ बैशाख २०८१, सोमबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजाज मोटरसाइकलको मूल्य वृद्धि, यस्तो छ मूल्यसूची !

नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको आजदेखि लागू हुने गरी केही मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी पल्सर एनएस १६० मा ५ हजार रुपैयाँ मूल्य बढेको छ । अन्य केही मोडलमा २ देखि ३ हजार रुपैयाँ सम्म मूल्य बढेको छ ।

प्लाटिना ईएस १००, डिस्कभर १२५ ड्रम, एभेन्जर १६०र२२०, पल्सर १५० र डोमिनार ४०० को मूल्य भने यथावत रहेको छ ।नयाँ मूल्य सूची अनुसार पल्सर एनएस १६० को मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

पल्सर सिरिजका अन्य मोटरसाइकलहरु पल्सर २२० एफको मूल्य ३ लाख ६४ हजार ९ सय, पल्सर एनएस २०० एफआईरएबीएसको मूल्य ३ लाख ९५ हजार ९ सय, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ६९ हजार ९ सय र पल्सर एनएस २०० को मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

प्लाटिना ईएसको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी डिस्कभर १२५ डिस्क भर्सनको मूल्य २ लाख १६ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ ड्रमको २ लाख ९ सय रुपैयाँ र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २७ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्