Logo
१७ बैशाख २०८१, सोमबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपाली बजारमा जावा मोटरसाइकलको बीएस६ मोडल !

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक एवं अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत जावा र जावा ४२ को बीएस-सिक्स मोडलको वितरण र डेलिभरी सुरु गरेको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी दुवै मोडलका जावा बाइकहरु बुकिङ गर्न सक्ने बताइएको छ ।

नेपाली बजारमा उपलब्ध जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ ।
दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

बिएस-फोर​ कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राइडको अनुभव प्रदान गर्दछ ।

यस प्रविधिले मोटरसाइकलहरुमा विशिष्ट दोहोरा विशेषताहरू -समान शक्ति र टर्क फिगरहरू कायम राख्ने र उच्च बीएस–सिक्स प्रदूषण मापदण्डहरू पूरा गर्ने गर्दछ ।

विश्वको पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त​ जावामा भर्खरै राखिएको ल्याम्ब्डा सेन्सरले आन्तरिक र बाह्य पक्षहरुलाई अझ प्रभावकारी रूपमा निगरानी गर्दछ, जसको परिणामस्वरूप निरन्तर कार्यकुशलता र ड्राइभिङ अवस्थाहरूबाट स्वतन्त्र उत्सर्जन हुने गर्दछ ।

त्यसैगरी, सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक​ राम्रो इन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ ।

सिटलाई नयाँ सिट प्यानका साथै लामो दूरीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । कस्मेटिक डिपार्टमेन्टमा, क्रोम प्लेटिङ अब उद्योगको मापदण्डको साढे दुई गुणा मूल्याङ्कन गरिएको कठोर परीक्षणको समर्थनमा आउँछ ।

दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् ।

यहीसँगै, जावा बाइकका हुडमुनि हर्नको टोनदेखि लिएर स्लिकर गियरबक्ससम्म पनि धेरै सुधारहरू गसिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्