Logo
२ जेष्ठ २०८१, बुधबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोभोभ्याक्स र कोर्बेभ्याक्स कोभिडका दुई नयाँ खोपलाई अनुमति

ओमिक्रोन भेरिएन्टका कारण कोभिड महामारीको तेस्रो लहरको त्रासबिच भारतले कोभिडका दुई नयाँ खोपलाई अनुमति दिएको छ।

सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो।

यी सहित भारतले अहिलेसम्म आठ वटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्माण गरिएका हुन् । अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ।

भारतीय सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर त्यो लक्ष्य प्राप्ति सम्भव देखिएको छैन।

अहिलेसम्म ६२ प्रतिशत खोप लिन योग्य नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन्।

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्