Logo
२४ बैशाख २०८१, सोमबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन प्रायः विमानको रङ सेतो हुन्छ ? यस्ता छन् वैज्ञानिक कारण थाहापाउनुहोस् !

हामीले प्राय जसो विमानको रङ सेतो भएको देखेका छौ । तर हाम्रो मानसिकतामा किन सेतो नै रङ राखिएको होला भनेर प्रश्न पनि उब्जने गर्छ । आखिर किन लगाइन्छ सेतो कलर आज हामी तपाइलाई जानकारी दिदैँ छौ ।

किन विमानको रङ प्रायःजसो सेतो किन हुन्छ त? यसको वैज्ञानिक र आर्थिक दुवै कारण छन् । पहिलो कारण त तातोबाट जोगिन हो । रनवे देखि उड्दासम्म अधिकतम समय विमान घाममा रहन्छ ।

यसमा सुर्यको इन्फ्रारेड किरण सिधै पर्छ । सेतो रङले सुर्यको किरणलाई रिफलेक्ट गरिदिन्छ । जसबाट विमान तातो हुँदैन र भित्र तापमान नियन्त्रित रहन्छ ।

अर्को कारण, विमानको बडी पार्ट सेतो रङको भए टाढैबाट सजिलै देख्न सकिन्छ । तर अन्य रङमा भने राम्रोसँग देख्न सकिदैन् ।
सेतो रङमा भिजिविलिटी अर्थात दु्श्यता अन्य रगको तुलनामा धेरै हुन्छ ।

यो रगलाई अन्धकारमा पनि सजिलै देख्न सकिन्छ । यसको साथै धेरै समय घाममा रहँदा अन्य रगहरु छिटै बिग्रने हुन्छ । जबकी सेतो रगमा लामो समयसम्म टिकीरहन्छ । यसले गर्दा पटक–पटक लाग्ने खर्च पनि बचाउँछ ।

२०११ को ह्युमन वाइल्डलाइफ इन्टरेक्शनमा प्रकाशित एक रिपोर्ट अनुसार सेतो रगबाट पक्षीहरु पनि टाढा भाग्छन् । अध्ययनबाट गहिरो र हल्का नीलो रगको विमानको रगबाट भन्दा सेतो रगको विमानमा चराहरुको घटना कम हुन्छन् ।

पक्षीले सेतो रगको विमानलाई सजिलै अन्दाज लगाउन सक्ने भएकोले आवश्यकता अनुसार आफ्नो दिशा परिवर्तन गर्न सक्छन् ।एजेन्सी

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्