Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको सबैभन्दा महँगो आइसक्रिम, मूल्य ८ लाख ५० हजार

जापानको लक्जरी आइसक्रिम ब्रान्ड सेलाटो विश्वको सर्वाधिक महँगो आइसक्रिम बनेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डले यो आइसक्रिमलाई विश्वको सबैभन्दा महँगो आइक्रिमको उपाधि दिएको हो । यो महँगो पनि यति सम्म छ कि १३० एमएल आइक्रिमको मूल्य ६,७०० डलर अर्थात् ८ लाख ५० हजार रुपैयाँ पर्छ ।

सेलाटोको ब्याकुया नामको आइसक्रिमलाई गिनिज रेकर्डले अप्रिल २५ तारिखमा विश्वकै महँगो आइक्रिमको उपाधि दिएको हो । प्रोटिनले भरपुर यो आइसक्रिमको बेसमा दूधले बनाइएको नरम मखमली पत्र हुन्छ । यसमा दुई प्रकारको चिजलगायत अण्डाको पहेँलो भाग पनि मिश्रण गरिएको छ । यसका साथै यसलाई पर्मिगियानो चिज, ह्वाइट ट्रफल, ट्रफल ओइल र सुनको पातले टपिङ गरिएको हुन्छ । कम्पनीका अनुसार उच्च कोटीको यो आइसक्रिम हल्का गुलियो छ, स्वाद निकै जटिल छ र यसको टेक्सचर निकै लक्जरियस र स्मुद छ । यसलाई कालो बक्सले निकै उत्कृष्ट तरिकाले प्याकसमेत गरिएको छ । यो बक्समा हातले बनाइएको काँचको चम्चा पनि छ । क्योटो फुसिमास्थित टेकुइची क्राफ्ट्समेनले मन्दिर र गुम्बा बनाउन प्रयोग गरिने सामग्री राखेर यो चम्चा बनाएका छन् । सेलाटो वेबसाइटमा १३० मिलिलिटर ब्याकुया आइसक्रिमको मूल्य ८,८०,००० येन (६,७०० डलर) तोकिएको छ ।

most expensive ice creamकतै यो चम्चाका कारण त आइसक्रिम महँगो भएको होइन भनेर धेरैले अनुमान पनि गरेका छन् तर गिनिज बुक अफ वर्ल्ड रेकर्डले आधिकारिक मूल्यमा उक्त चम्चाको मूल्य समावेश नगरिएको स्पष्ट पारेको छ ।

खासमा आइसक्रिम बनाउन प्रयोग गरिएको ह्वाइट ट्रफल अल्बा, इटालीबाट आयात गरिएको छ । उच्च गुणस्तरको हुने भएकोले यसको मूल्य पनि उच्च नै भएको जानकारीमा उल्लेख छ र

सेलाटोले खानुभन्दा अघि आइसक्रिमलाई थोरै नरम हुन दिन सल्लाह दिएको छ । त्यहाँ दिइएको चम्चाले आइसक्रिम सजिलै आउने भएपछि त्यसलाई ट्रफल ओइलसँग मिसाएर खाँदा यसको स्वाद असाध्यै मिठो हुने कम्पनीले बताएको छ । जापानको यो आइसक्रिम मेकरले ब्याकुयालाई अलि पुरानो ह्वाइट वाइनसँग खान पनि सुझाइएको छ ।

ब्याकुया आइसक्रिमको म्याद कहिल्यै सकिँदैन तर यदि तपाईं १३० एमएलको लागि ६,७०० डलर खर्च गर्न सक्नुहुन्छ भने सेलाटोले यसलाई १० दिनभित्रै खान सल्लाह दिएको छ । १० दिन भित्र खाँदा आइसक्रिमको स्वाद र टेक्सचरको पूर्ण मज्जा लिन सकिने कम्पनीले बताएको छ ।

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्