Logo
२६ बैशाख २०८१, बुधबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानकी राजकुमारीले गरीन् सर्वसाधारण युवकसँग विवाह

जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् । उनीहरुको प्रेमलाई लिएर विवाद भएको थियो तर विवादकाबीच उनले आज मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् ।

त्यसअघि उनले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गरेकी थिइन् भनेआफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।

जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उनले सर्वसाधारणसँग बिहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमासँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो ।

उनहरूको मगनी गएको सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन ।जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् ।

उनका पति अमेरिकामा रहेको एउटा ल फर्ममा काम गर्दै आएका छन् । विवाहपछि राजकुमारी माको पनि अमेरिका जानेभएकी छन् । उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छन् ।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरूको विवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो ।

विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय भएको छ ।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्