Logo
१९ बैशाख २०८१, बुधबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेटालिक सिल्भर कलर पेन्ट स्किमसहित नेपाल भित्रियो केटीएम आरसी ३९०, यस्ता छन् फिचर

मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरसाइकल हालै नेपाली बजारमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा पहिले ब्ल्याक एन्ड ह्वाइटको सिंगल कलरमा मात्र उपलब्ध भएकोमा अब नयाँ आकर्षक कलरमा समेत यो मोटरसाइकल उपलब्ध भएको हो । यसको मूल्य हाल उपलब्ध मूल्य ९ लाख ४४ हजार ९ सय रुपैयाँ नै तोकिएको छ ।

उक्त मोटरसाइकलको नयाँ पेन्टमा आकर्षक ग्राफिक्स पनि दिइएको छ । यसमा केटीएभ आरसी ३९० को ठूलो लोगो देख्न सकिन्छ, जसलाई ओरेन्ज र ह्वाइटमा राखिएको छ ।

यसमा सिल्भर, ओरेन्ज, ह्वाइट र ब्ल्याक कलरको सन्तुलन गराइएको छ । पहिले जस्तै रिममा ओरेन्ज र च्यासिसमा ब्ल्याक कलर दिइएको छ ।

नेपाली बजारमा उपलब्ध मोटरसाइकल मध्ये यो पनि एक स्टाइलिस्ट र आकर्षक मोटरसाइकल हो । यसमा ३७३।२ सीसीको सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन छ, जसले ४३ बीएचपी पावर र ३६ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलमा राइड बाई वायर र स्लिपर क्लच जस्ता विभिन्न फिचर पाउन सकिन्छ । डिजाइनको मामिलामा यो अन्य ४ सय सीसीका मोटरसाइकल भन्दा फरक छ ।

यसको अघिल्लो भागमा रेजर सार्प डिजाइन छ । त्यसैगरी युनिक लुकयुक्त ड्युअल एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प छ ।

यो मोटरसाइकलमा ड्युअल डिस्क ब्रेकका साथ ड्युअल च्यानल एबीएस पनि उपलब्ध छ । त्यसैगरी ट्रयाक्सन कन्ट्रोल, मल्टिपल राइडिङ मोड, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि उपलब्ध छन् । नेपाल अटो

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्