Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बोक्सीको घर’ पाइरेसी भएपछि कानूनी उपचार खोज्ने ओएसआरको चेतावनी

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ सामाजिक संजालमा पाइरेसी भएको भन्दै यसको डिजिटल पार्टनर कम्पनी ओएसआरले कानूनी उपचारमा जाने चेतावनी दिएको छ ।

संस्थाले विज्ञप्ति जारी गर्दै फिल्मका केही अंश पाइरेसी गरि अनधिकृतरुपमा विभिन्न सामाजिक संजालमा प्रयोग/अपलोड गरि दुरुपयोग भएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो कार्यले फिल्ममा गरेको लगानीमा असर पुग्ने उल्लेख गर्दै ओएसआरले यो काम नेपालको प्रचलित कानून र नैतिकता विपरित हुने जनाएको छ । ती प्लाटफर्ममा प्रयोग भएका अंश नहटाए कानूनी उपचारमा जाने चेतावनी पनि ओएसआरको छ ।

पाइरेसी गरेमा १० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुने र नोक्सानीको क्षतिपूर्ति भराइदिनुपर्ने कानूनी व्यवस्थाप्रति पनि ओएसआरले सचेत गराएको छ ।

केकी अधिकारी स्टारर फिल्म ‘बोक्सीको घर’ अहिले हलमा प्रदर्शन भैरहेको छ ।

प्रकाशित मिति: May 1, 2024

प्रतिक्रिया दिनुहोस्