Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा आगलागी हुँदा ११० घरगोठ जलेर नष्ट

सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।

साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको उनले बताए ।

कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: May 1, 2024

प्रतिक्रिया दिनुहोस्