Logo
२३ बैशाख २०८१, आईतबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थको निधनपछि प्रेमिका शहनाज गिलको विग्रियो स्वास्थ्य अवस्था !

बलिउड अभिनेता सिद्धार्थ शुक्लाको बिहिबार निधन भएको छ । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ ।

सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको स्वास्थ्य  अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।

‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था विग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।

एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् ।

शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको सिद्धार्थका साथी अबू मलिकले बताएका छन् ।बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन्

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्