Logo
२३ बैशाख २०८१, आईतबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पा शेट्टीले राज कुन्द्रासँग डिभोर्स गर्दै, बेइमानीबाट कमाएको पैसा छुन पनि चाहन्न !

पछिल्लो समयमा बलिउडमा हट केक बनेको खवर हो शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्रफी प्रकरण । उक्त प्रकरणमा अझै अनुसन्धान जारी रहेको छ अझै पनि राज कुन्द्रासँग जोडिएका कुराहरु एक पछि अर्को बाहिरिरहेका छन् ।

बलिउडमा फेरी अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रबीच डिभोर्सको खवर बाहिरिएको छ । गत जुलाई २९ मा पार्नोग्राफी केसमा पति कुन्द्रा पक्राउ परेपछि कानुनी झमेलामा फसेकी शिल्पाले डिभोर्स दिने मनस्थितिमा पुगेको बलिउड हंगमाको एक रिपोर्टले बताएको छ ।

उक्त रिपोर्टमा शिल्पाकी एक जना साथीले शिल्पाको घरमा चलिरहेका निजी निणर्यहरुबारे खुलासा गरेकी छिन् । शिल्पाकी साथीले भनिन् ‘उनलाई अनुमान समेत थिएन कि यी हिरा डुप्लेक्स बेइमानीको पैसाबाट आइरहेका छन् । उनकी साथीका अनुसार अब शिल्पा राजले दिएका सामानहरु छुन पनि चाहन्नन् ।’

यस्तै ती साथीका अनुसार ‘शिल्पा आत्मनिर्भर छिन् र आफू र छोराछारीको ख्याल राख्न सक्छिन् । तर यस विषयमा शिल्पाले भने आधिकारिक रुपमा केही पनि भनेकी छैनन् । पछिल्लो समयमा शिल्पाका पति पोनोग्राफी प्रकरणमा जेल जीवन विताइरहेका छन् ।

उनीविरुद्ध प्रहरीले दरिलो प्रमाण फेला पारेको दावी गर्दै आएको छ । उनीसँग जोडीएका भित्रि रहस्यहरु एक पछि अर्को बाहिर आएका छन् । त्यही सम्वन्धमा शिल्पासँग पनि खोज तथा अनुसन्धान गरेको थियो ।

केहि समय शिल्पा पनि आफ्नो कामबाट टाढा रहेपनि अहिले भने उनी काममा फकिएकी छन् ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्