Logo
२३ बैशाख २०८१, आईतबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लेडी अफिसर’ खोज्दै रोहित शेट्टी

बलिउडमा पछिल्लो समय प्रहरीको स्टोरीमा फिल्म बनाउँदै आएका निर्देशक रोहित शेट्टीले कप युनिभर्स नै बनाइसके । सिंघममार्फत प्रहरीको कथालाई पर्दामा ल्याएका रोहितले त्यसपछि सिम्बा, सूर्यवंशी बनाइसकेका छन् ।

उनले यी तीनै फिल्मलाई एक अर्कासँग जोडिसकेका छन् । कप युनिभर्समा अब उनी लेडी अफिसरलाई इन्ट्री गराउने तयारीमा छन् । सिंघम, सिम्बाले दर्शकको मनमा स्थान बनाइसकेका छन् भने सूर्यवंशी पनि सफल हुने अनुमान सार्वजानिक ट्रेलरमार्फत गर्न सकिन्छ ।

यिनै तीनसँग लेडी अफिसरलाई जोडेर आफ्नो कप युनिभर्सलाई पूरा गर्ने रोहितको योजना छ । एक अन्तरक्रियाको क्रममा उनले आफूलाई लेडी अफिसरको निडरताको कथा देखाउन मन लागेको बताएका छन् ।

‘मैले एक हलिउड सुपरहिरोको फिल्म हेरेपछि मेरो दिमागमा लेडी अफिसरको बहादुरीको कथा देखाउने आइडिया आएको छ, तर यसमा केही समय लाग्न सक्छ’, उनले भने ‘लेडी अफिसरको कथाले मनोरञ्जनसँगै हिम्मत पनि दिन्छ ।’

रोहितले लेडी सिंघम कसलाई बनाउछन् ? यो चर्चा बि–टाउनमा बढ्दो छ । उनले काम गरेका करीना कपूर खान वा दीपिका पादुकोणलाई लेडी अफिसर बनाउने तयारी थालेको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । रोहित आफ्नो कप युनिभर्समा लामो समय बिताउन सहमत हुने कलाकारको खोजीमा छन् ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्