Logo
२३ बैशाख २०८१, आईतबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री प्रियंका भइन् शुटिङको क्रममा घाइते

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा शुटिङका क्रममा घाइते भएकी छिन् । हलिउड सीरीज सिटाडेलको शुटिङका क्रममा आफु घाइते भएको सामाजिक सञ्जालमार्फत उनले जानकरी दिएकी हुन् ।

आफ्नो इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै प्रियंकाले आफू घाइते भएको जानकारी दिएकी हुन् ।उनको टाउकोमा चोट लागेको छ । उनले टाउकोमा रगत आएको तस्बिर इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।

सीरीजमा द्वन्द्वको दृश्य शुटिङ गर्ने क्रममा चोट लागेको हो । हाल उनी रेस्टमा रहेकी छिन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रियंका केही समयदेखि लण्डनमा शुटिङ गरिरहेकी छिन् । एजेन्सी

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्