Logo
२३ बैशाख २०८१, आईतबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहको वार्षिकोत्सव दिन प्रकाश राजले पत्नीलाई किस गरेको तस्बिर भयो भाइरल !

बलिउड अभिनेता प्रकाश राजले आफ्नी पत्नी पोनी वर्मालाई किस गरेको तस्बिर अहिले भाइरल भएको छ । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो ।

मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सव थियो, उनीहरु दुबैले विवाह गरेर वार्षिकोत्सव विशेष बनाएका थिए । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरे ।५६ वर्षीय प्रकाश राजले आफ्नी श्रीमती पोनीसँग दोस्रोपटक विवाह गरेका छन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन् । अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्बिरहरु समेत बाहिर ल्याएका छन् । जुन फ्यानले मन पराएका छन् ।

प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् , ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चुम्बन गरिरहेको तस्बिर समेत सार्वजनिक गरेका छन् । यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’

अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ । बलिउडका अधिकांश फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका उनको खलनायक अभिनय धेरै मनपराइएको छ ।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्