बालबालिकाका लागि ४० लाख खोप खरिदका लागि सम्झौता, मार्च २०२२ सम्म आइपुग्ने
बालबालिकालाई लगाउन मिल्ने मोर्डनाको ४० लाख कोरोना विरुद्धको खोप खरिदका लागि सम्झौता भएको छ ।
विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँगको लागत साझेदारीमार्फत ४० लाख खोप खरिद गरीने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी संचाल ‘गाभी’सँग सम्झौता भएको हो ।
१२ देखि १७ वर्ष उमेर समहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने छ । यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने बताइएको छ ।