Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरूरी रहेको बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपदमा परेका नागरिकहरुको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताए।

पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको भन्दै इच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने उनले बताए।

विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने उनको भनाइ थियो।

‘नागरिकको ज्यान जोगाउने र जनधन जोगाउने कुरा अनिवार्य दायित्वमा पर्न आउँछ। सरकार फेरबदल हुने कुरा हामीभन्दा पनि अस्थिर देशहरु छन्।तर नागरिकका आधारभूत आवश्यकताका कुरा, हक रक्षा गर्ने कुरा पहिलो प्राथमिकता बन्छ,’ उनले भने, ‘त्यसकारणले संसदले, संसदीय समितिले यी नीतिहरु बनाउँदा आम नागरिकको दैनिकीलाई मध्यनजर राखेर गर्ने अभ्यास संसारभरि नै छ।’

उनले सातै प्रदेशमा विपद्का लागि एयर एम्बुलेन्स हुन जरुरी रहेको बताए।

‘नागरिकको ज्यान बचाउने कुरा हो। सातै प्रदेशले त्यस्तो एयर एम्बुलेन्सको अवधारणा गर्नसक्यो भने विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणहरुको जोहो गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हाम्रो प्राथमिकता छुट्याउन सक्यौँ भने नागरिकको ज्यानको रक्षा गर्ने कुरामा ध्यान

प्रकाशित मिति: May 3, 2024

प्रतिक्रिया दिनुहोस्