Logo
२ जेष्ठ २०८१, बुधबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुम्बई उच्च अदालतले भन्यो-‘शिल्पा र कुन्द्राको विषयमा समाचार छापेर मानहानी भएको छैन’

बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दामा मुम्बई उच्च अदालतले शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।

मुम्बई उच्च अदालतको सुनुवाइपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको हो ।

सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ । न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ ।

सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ । नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ भएको छ । यो मुद्दामा शिल्पाले राज कुन्द्रा र आफ्नो बारेमा मिडियाले आफ्नो विषयमा र छवि बिगारेको आरोप लगाएकी छन् ।

उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन् ।अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् ।

हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका कारण शिल्पाका पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडियाविरुद्ध मुद्दा हालेकी हुन् ।

 

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्