Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुन्द्राको अश्लील भिडियो प्रकरण : शिल्पाले हालिन् पत्रकारविरुद्ध मानहानीको मुद्दा

बलिउड अभिनेत्री  शिल्पा शेट्टीले २९ मिडियाकर्मी तथा मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् ।

मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी छन् ।अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् ।

हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका कारण शिल्पाका पति झन्-झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडियाविरुद्ध मुद्दा हालेकी हुन् ।

राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ भएको छ । यो मुद्दामा शिल्पाले राज कुन्द्रा र आफ्नो बारेमा मिडियाले आफ्नो विषयमा र छवि बिगारेको आरोप लगाएकी छन् ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्